नियम ८
अस्थायी वा म्यादी कर्मचारीले पाउने बोनस :
प्रतिष्ठानमा अस्थायी वा म्यादी पदमा नियुक्ति भएका कर्मचारीले पनि ऐनको दफा ६ को अधीनमा रही बोनस पाउन सक्नेछ ।
तर करार सेवामा नियुक्ति भएका कर्मचारीको हकमा प्रतिष्ठानसंग भएको करारको शर्तमा बोनस पाउने उल्लेख भएमा मात्र बोनस पाउन सक्नेछ